अस्ट्रियासँग नेदरल्याण्ड्स स्तब्ध

काठमाडौँ- अस्ट्रियाले नेदरल्याण्ड्समाथि जित हसुल गर्दै जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराति भएको खेलमा अस्ट्रियाले नेदरल्याण्ड्सलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
अस्ट्रियाको जितमा रोमानो स्मिड र मार्सल सबिटाइजरले एक एक गोल गरेका थिए भने एक गोल नेदरल्याण्ड्सका डोनयल मालेनले आत्मघाती गोल गरेका थिए । त्यस्तै नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र मेम्फिस डिपेले एक एक गोल गरेका थिए ।
तस्तै समुह 'डी' अन्तर्गत नै गएराति भएको अर्को खेलमा फ्रान्स र पोल्याण्ड गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि दुवैले एक/एक अंक बाँडेका छन् ।
अब समुह 'डी'बाट अस्ट्रिया ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ भने फ्रान्स दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ । त्यस्तै नेदरल्याण्ड्स ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यस्तै ३ खेलमा एक बराबरी र २ खेलमा हर बेहोरेको पोल्याण्ड भने समुह चरणबाटै बाहिरिएको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया