केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो

काठमाडौँ - दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले पक्राउ गरेको छ ।
मदिरा घोटाला प्रकरणमा सीबीआईले मंगलबार राति तिहाड जेलमा केजरीवालसँग सोधपुछ गरेको थियो । सोधपुछ पछि सीबीआईले बयान रेकर्ड गर्यो र बुधबार केजरीवाललाई राउज एभिन्यू अदालतमा पेश गर्न लगेको छ ।
सुनुवाइपछि सीबीआईले केजरीवाललाई अदालतमै पक्राउ गरेको थियो । सीबीआईले केजरीवाललाई हिरासतमा लिन अदालतसँग माग गरेको छ ।
केजरीवालको जमानत याचिकामा बुधबार बिहान सर्वोच्च अदालतमा सुनुवाइ हुने थियो, तर त्यसअघि सीबीआईले उनलाई तिहाड जेलमा हिरासतमा लिएको थियो ।
यसपछि अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट आफ्नो याचिका फिर्ता लिए र पुन अर्को याचिका दायर गर्ने भएका छन् ।
अरविन्द केजरीवालका वकिल अभिषेक मनु सिंघवीले भने, ‘हामीसँग हरेक दिन केही न केही भइरहेको छ । सीबीआईले २०२२ को सूचना र अनुसन्धानको सन्दर्भमा हिजो पक्राउ गरेको हो ।'
यस अघि केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्न आदेश दिएको थियो । जसलाई दिल्ली उच्च अदालतले खारेज गरिदिएको छ ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया