पूर्वप्रधानमन्त्री भट्टराईद्वारा विप्लवको ‘एन्टिथेसिस’ पुस्तक विमोचन

काठमाडौँ - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ को आज विमोचन गरेका छन् ।
शिखा बुक्सद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा भट्टराईले वैकल्पिक राजनीतिक अभियन्ता विकल्पको पुस्तकले नयाँ अग्रगामी राजनीतिक वैचारिकीबारे जिज्ञासु तथा नयाँ पुस्ताका युवाहरुका लागि उपयोगी भएको बताए । उनले यस्ता कृतिलाई विद्यालय तहसम्म लैजानुपर्नेमा जोड दिए ।
कृतिमा ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषयवस्तु समेटिएका छन् । मानव सभ्यतासँग सम्बन्धित खोजमूलक यस कृतिमा मानव समाजको वैज्ञानिक विकासक्रमलगायत विषय समेटिएका लेखकले बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्रीहरू जनार्दन शर्मा र गणेश शाह, साहित्यकार डा सुधा त्रिपाठीलगायतले पुस्तकका विविध पक्षबारे चर्चा गरेका थिए ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया