म अस्थिर छैन, गतिशील छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकीकृत समाजवादीले आफ्नो महाधिवेशन प्रतिवेदनमा आफ्नो बारेमा 'अस्थिर' भनेर टिप्पणी गरेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू अस्थिर नभएर गतिशील रहेको दाबी गरेका छन् ।
उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद भएको बताउँदै आफू अस्थिर नरहेको जिकिर गरे । उनले भने, 'आज नेपाल संविधानसभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो । शान्ति प्रक्रियामा गयो । प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो ।'
साथै उनले किलोजस्तै ठोकिएर बस्नु मार्क्सवाद हो कि ? जमेको पोखरीजस्तो मार्क्सवाद हो ? भन्दै प्रश्न समेत गरेका थिए । उनले अगाडि भने, ‘माओवादी आन्दोलनसँग जोडिएका साथी, यहाँ विप्लवजी पनि हुनुहुन्छ । एक ठाउँमा बस्ने भन्ने हुँदैन । हामी दौँडिराख्या हुन्छौं, हामी दौँडिराख्या हुन्छौं ।’
कार्यक्रममा उनले नेकपा (एस) र नेकपा (माओवादी केन्द्र) एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया