राष्ट्र्पपतिको उम्मेदवारी छाड्न बाइडनमाथि दबाब

काठमाडौँ- अमेरिकामा गत हप्ताको राष्ट्रपतिको बहस पछि, राष्ट्रपति जो बाइडनमाथि आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्ने दबाब बढेको छ ।
८१ बर्षिय बाइडन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्रेटिक पार्टी भित्र उनले उम्मेदवारी छोड्नु पर्ने माग हुन थालेको हो ।
चौतर्फी दबाब बढ्न थालेपछि बाइडनले आफ्नो परिवार र क्याम्पेनका अधिकारीहरुसँग यस विषयमा छलफल गरिरहेको अमेरिकी मिडियाहरुले दाबि गरेका छन् । साथै उनले छिटै डेमोक्रेटिक पार्टीका सांसद र गभर्नरहरुसँग छलफल गर्ने बताइएको छ ।
डेमोक्र्याटिक पार्टीका नेताहरूले उनलाई राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी त्याग्न आग्रह गरिरहेका छन् । टेक्सासका सांसद लोयड डगेट डेमोक्रेटिक पार्टीका पहिलो नेता हुन् जसले सार्वजनिक रूपमा यो माग गरेका छन् ।
गत जुन २८ आयोजित राष्ट्रपति बहसको क्रममा, बाइडन धेरै पटक हडबडिरहेको र सुस्त देखिएको थियो । सो बहस ट्रम्पले जितेका थिए । त्यसयता उनको उमेर र क्षमतामाथि पार्टीभित्र प्रश्न उठिरहेको छ ।
समाचार एजेन्सी रोयटर्सले गरेको सर्वेक्षणका अनुसार प्रत्येक ३ पार्टी नेतामध्ये १ जनाले यस हप्ता राष्ट्रपतिको उम्मेदवारीबाट बाइडनले आफ्नो नाम फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।
अर्कोतर्फ बाईडेनले भने बहसमा राम्रो प्रदर्शन नगरेकोमा स्पष्टीकरण दिदै केही दिनसम्म आफू धेरै देशको भ्रमणमा गएको र लगातारको यात्राका कारण बहसको समयमा थाकेको बताएका छन् ।
बाइडनले उम्मेदवारी फिर्ता लिनुपर्ने आवाज उठिरहेका बेला डेमोक्रेटिक पार्टीबाट सम्भावित उम्मेदवारको समेत चर्चा शुरु भएको छ । यस बीचमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पुर्व प्रथम महिला मिचेल ओबामाको नाम सबैभन्दा अगाडी रहेको छ ।
धेरै डेमोक्रेट नेताहरुले कमला ह्यारिशलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । तर उनले ट्रम्पलाई टक्कर दिन भने मुश्किल हुने बताइएको छ । केहि डेमोक्रेटहरुले भने मिचेल ओबामा उम्मेदवार बनेमा ट्रम्प सजिलै पराजित हुने अनुमान गरेका छन् । तर मिचेलले भने आफु राष्ट्रपतिको दौडमा नभएको बताउदै आएकी छन् ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया