स्टारमरले भने, ‘लेबर पार्टी देशको सेवा गर्न तयार छ’

काठमाडौँ - लेबर पार्टी १४ वर्षपछि बेलायतमा सत्तामा फर्कन लागेको छ । लेबर पार्टीले सरकार गठनका लागि आवश्यक ३ सय २६ सिटको सङ्ख्या पार गरेको छ । केयर स्टामरको नेतृत्वमा लेबर पार्टी सन् १९९७ मा ऐतिहासिक विजयतर्फ अघि बढिरहेको छ ।
यो जितपछि कियर स्टाररले भने, ‘हामीले गरेर देखायौँ । तपाईंले यसका लागि प्रचार गर्नुभयो, यसको लागि लडनुभयो, भोट गर्नुभयो । अब त्यो क्षण आएको छ, परिवर्तन यहीबाट सुरु हुन्छ । म इमानदारीपूर्वक भन्छ, मलाई धेरै राम्रो लागेको छ । पार्टी परिवर्तनका लागि साढे चार वर्ष गरेको मेहनत यसै दिनको लागि थियो । लेबर पार्टी अब देशको सेवा गर्न तयार छ ।”
स्टारमरले विजयमा खुशी व्यक्त गर्दै श्रमजीवी जनताको सेवाका लागि बेलायतको पुनर्निर्माण गर्न तयार रहेको बताए ।
स्टाररले भने, 'अब हामी फेरि एकपटक अगाडि हेर्न सक्छौं, बिहानतिर जान सक्छौं। बिहान धुमिल देखिएका सूर्यका किरणहरू दिन बित्दै जाँदा झन् झन् उज्यालो हुँदै जानेछ र १४ वर्षपछि फेरि अवसरहरूका साथ हाम्रो देश चम्कनेछ । हाम्रो देश उज्यालो भविष्यतर्फ अघि बढ्न सक्नेछ।'

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया