विराटनगरमा एक युवाको हत्या, दुई गम्भीर

काठमाडौं- विराटनगरमा एक जनाको हत्या भएको छ । दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामत रहेका छन्।
कटहरी–१ जमटोकीकै १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल घाइते छन् । उनीहरू तीनैजना हिजो राति विराटनगर महानगरपालिका–२ मा गम्भीर अवस्थामा भेटिएका थिए।
घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो । मृतक कामतलाई धारिलो हतियार प्रहार गरी छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको छ । घाइतेहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
हिजो दिउँसो अर्को समूहसँग बाटो हिँड्ने क्रममा ग्याङ फाइट भएको र राति रिसिइबीले गम्भीर मोड लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनामा संलग्न केही युवाहरूलाई पक्राउ गरेर सोधपुछ र थप अनुसन्धान गरिरहेको छ ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया