राप्रपा संसदीय दलको बैठक बिहीबार

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न यही असार २७ गते बिहीबार संसदीय दलको बैठक आह्वान गरेको छ ।
पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरूसँग छलफल गरी उनीहरूको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
सरकारमा रहेका नेकपा (एमाले)लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने । मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया