सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

इजरायली आक्रमणले दक्षिणी गाजामा विद्यालयमा विस्थापित नागरिकहरूको मृत्यु

दक्षिणी गाजापट्टीको खान युनिसमा रहेको एक विद्यालयलाई लक्षित गर्दै इजरायली हवाई आक्रमण गर्दा कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको छ । यो विद्यालयमा विस्थापित नागरिकहरू बसेका थिए । अबसानको अल-अव्दा विद्यालयमा भएको आक्रमणमा ५३ जना घाइते भएका छन्, जसमा धेरैजसो महिला र बालबालिका छन्।

इजरायली सेनाले हमासको सैन्य शाखाका एक आतंककारीलाई लक्षित गर्दै यो आक्रमण गरेको बताएको छ। यो घटनाले चार दिनमा चौथो पटक विद्यालयलाई लक्षित गरि आक्रमण गरिएको हो।

संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी का प्रमुख फिलिपे लाजारिनीले गाजामा दुई तिहाइ विद्यालयहरूलाई आक्रमणले प्रभावित गरेको बताउँदै विद्यालयहरूलाई सुरक्षित स्थानबाट मृत्यु र दुखको ठाउँ बनाएको बताएका छन्।

यसअघि शनिबार नुसेरातमा रहेको अल-जावनी विद्यालयमा इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको थियो भने अर्को दिन गाजासिटीको होली फ्यामिली विद्यालयमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो।

हमासले इजरायली आक्रमणको आलोचना गर्दै यो अवस्था जारी रहँदा वार्ता कठिन हुने चेतावनी दिएको छ ।