राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत नदिने भएको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । राप्रपाले कांग्रेस-एमालेको नयाँ गठबन्धनमा सहभागी हुने बारेमा भने पछि निर्णय गर्ने भएको छ । राप्रपाले नयाँ सरकारले उठाउने एजेण्डालाई हेरेर निर्णय गर्ने बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै छन् ।
प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया