बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउमा आयौं- योगेश भट्टराई

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउँमा आउनु परेको बताएका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठूला दल मिलेको बताएका छन् ।
भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखेको र गलत सूचना दिएको आरोप लगाएका छन् । उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्ने, विदेश गइरहेका युवाहरूलाई देशमै अवसर सिर्जना गर्नुपर्ने अवस्थामा संसद विश्वासको मत लिने विषयमा मात्र केन्द्रित भएर बस्न नसक्ने बताए ।
सांसद भट्टराईले कांग्रेस र एमाले एक ठाउँमा आउनुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरे । उनले सामान्यतया संसदका दुई ठूला दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिँदैन । तर अहिले बाध्यात्मक अवस्थामा दुई दल एक ठाउँमा आउनुपरेको स्पष्ट गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया