कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

काठमाडौँ- उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ । आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पेनाल्टी सुट आउटमा उरुग्वेले क्यानडालाई ४-३ ले पराजित गरेको थियो ।
त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । उरुग्वेलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै लुइस स्वरेजले हारबाट बचाएका थिए ।
त्यसअघि कहल्को आठौं मिनेटमा रोड्रीगो बेन्टानचरले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै क्यानडाले १-० गोलले पछि परेपछि खेलको २२औं मिनेटमा इस्माएल कोने र खेलको ८०औं मिनेटमा जोनाथन डेभिडको गोलमा २-१ को अग्रता लिएको थियो । यो हारसंगै क्यानडा भने चौथो भएको छ ।
अब कोपा अमेरिकाको फाइनल खेलमा भोलि बिहान नेपाली समय अनुसार ५:४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया