लिलाको ‘चक्रवर्ती सम्राट’ बजारमा

काठमाडौं : लेखक तथा उत्प्रेरक लिलाराज खतिवडाले लेखेका प्रेरक कथाहरूको संग्रह ‘चक्रवर्ती सम्राट’ सार्वजनिक भएको छ । सबैखाले उमेर समूहका पाठकलाई प्रेरणा दिने कथाहरू संग्रहित पुस्तकमा दुई दर्जन रोचक सामाग्री पढ्न पाइनेछ ।
आम सञ्चार र राजनीति शास्त्रमा स्नातक खतिवडाले यसअघि ‘म को हुँ’ शीर्षकको प्रायोगिक उपन्यास सार्वजनिक गरेका छन् । प्रेरक कथाको संग्रह भनिएको यो पुस्तकलाई लाइफ रिसर्च एण्ड पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।
कथाले सुतिरहेको हाम्रो चेतनालाई लगाउने अपेक्षा प्रकाशकको रहेको छ । ‘ यी कथाहरुले सुतिरहेको चेतनालाई तत्काल जगाउँछन् । यी रगत उमाल्ने कथा हुन् । अवषादलाई अभूतपूर्व उर्जामा रुपान्तरण गर्न यी कथाले जोसुकैलाई मद्दत गर्छन्,’ प्रकाशकीयमा भनिएको छ । चक्रवर्ती सम्राट उनको दोस्रो कृति हो । उनले ‘नयाँ शासक’ शीर्षकको कथा संग्रह पनि प्रकाशोन्मुख रहेको बताएका छन् ।

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

प्रतिक्रिया