प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने सत्ता पक्षका मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिएका छन् । उनले भने, 'यही साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुहुने जानकारी गराउन चाहन्छु ।'
सो अनुसारको पत्र संसद् सचिवालयलाई बुझाउने तयारी गरिएको पनि उनले बताए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया