मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित

काठमाडौँ- जारी महिला एसिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।

आइतबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिङ गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

प्रतियोगितामा अब भारतले आफ्नो समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने सोही दिन युएईले पाकिस्तानको सामना गर्ने छ ।