नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित

काठमाडौँ - एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो ।
जितको लागि नेपालले दिएको एक सय नौ रनको लक्ष्य पछाएको पाकिस्तानले ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाइन् । यसैगरी मुनिबा अलीले अविजित ४६ रनमा बनाइन । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो । नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् भने सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे ।
पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन भने फातिमा सानाले एक एक विकेट लिइन ।
यस खेलसँगै समूह ‘ए’ मा दुवै टोलीको दुई खेलबाट समान दुई दुई अंक जोडेका छन् । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराउँदा पाकिस्तान भारतसँग सात विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही साउन आठ गते भारतसँग खेल्नेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया