स्थानीयलाई साथमा लिएर विकासका काम अघि बढाउन काठमाडौँ महानगरलाई सुझाव

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले स्थानीयलाई साथमा लिएर विकासका काम अघि बढाउन काठमाडौँ महानगरलाई सुझाव दिएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्ने भन्दै स्थानीय जनताको साथमा विकासका काम अघि बढाउन उचित हुने बताएका हुन् । तीन तहका सरकारको आ–आफ्ना दायित्व भएको भन्दै उनले सबै तहका सरकारले जिम्मेवारीपूर्वक जनताको हितका लागि काम गर्नुपर्ने बताए ।
काठमाडौँको न्यूरोड फुटपाथ विस्तारका विषयमा मेयर र वडाध्यक्षबीचको विवाद संसदले नभइ महानगरले नै मिलाउनुपर्ने उनको भनाइ छ । उनले स्थानीय निकायको विकास निर्माणका काममा केन्द्र सरकारले हस्तक्षेप नगर्ने धारणा राखे ।
त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारका विषयमा अदालतले दिएको आदेश कार्यान्वयन गर्न केन्द्र सरकारले पनि महानगरलाई सहयोग गर्नुपर्ने बताए ।
उनले धेरै महानगरपालिकाका सडकहरूको निर्माणको जिम्मेवार सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने उल्लेख गरे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया