जनप्रतिनिधि र कर्मचारीलाई महिनाको एक दिन अनिवार्य श्रमदान

मान्म (कालीकोट)- कालीकोटको पलाँता गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीले महिनामा एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले अनिवार्य श्रमदान गर्ने नीति ल्याएको हो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पोखरी, सिँचाइ, चौतारो, पाटीपौवा, सरसफाइ र सार्वजनिक निर्माणको क्षेत्रमा सामाजिक सद्भाव र एकताका लागि अनिवार्य श्रमदानको नीति ल्याएको गाउँपालिकाले जनाएको छ । कर्मचारी, शिक्षक र जनप्रतिनिधि मिलेर प्रत्येक महिनाको पहिलो शुक्रबार अनिवार्य श्रमदान गर्ने नीतिमा उल्लेख छ ।
नेपाली समाजमा श्रमदान गर्ने परम्परा पुरानै रहेको र अहिले हराउँदै गएका कारण महिनाको एकदिन अनिवार्य श्रमदान गर्न गराउन कर्मचारी, शिक्षक र जनप्रतिनिधि मिलेर अनिवार्य श्रमदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताए ।
'गाउँघरमा खेती किसानीमा पर्म जाने परम्परा उस्तै छ । पर्मकै परिमार्जित रुप श्रमदान रहेकाले गाउँको सद्भाव कायम गर्न जनश्रमदान अनिवार्य बनाएका छौँ', उनले भने, 'गाउँघरमा बाटाघाटा, नाला, पुलपुलेसा बनाउन तथा कुलो खन्न श्रमदान गर्ने गरिन्छ । अहिले श्रमदान गर्ने प्रचलन हराउँदै गएको छ ।'
श्रमदानसँगै विकासमा केही टेवा पुग्ने भएकाले श्रमदान गर्नुपर्ने संस्कृतिको विकास गर्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिए । श्रमदान गर्ने पराम्परा हराउँदै गएकाले त्यसको पुर्नतार्जगी गर्न श्रमदान अनिवार्य गर्ने नीति ल्याएको अध्यक्ष रोकायाको भनाइ छ ।

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_IUNRHFaTQZ_bxlqiligc7e9ovtdjnh0vggpkrgbwnlugd5k4pvste9ku5pf13opbpudqflb.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

प्रतिक्रिया