बेलायतमा महिला विरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’

बेलायत - इङ्गल्यान्ड र वेल्समा दैनिक लगभग तीन हजार महिला हिंसाका अपराधहरू दर्ता भएसँगै यो एक “राष्ट्रिय आपतकाल” भएको मङ्गलबार प्रकाशित गरेको नयाँ प्रतिवेदनमार्फत प्रहरीले जनाएको छ ।
दुई कानून प्रवर्तन निकायद्वारा गरिएको अध्ययनले प्रत्येक वर्ष १२ जना महिलामध्ये कम्तिमा एक जना महिला हिंसाको सिकार हुने अनुमान गरेको छ ।
‘महिला र बालिका विरुद्धको हिंसा राष्ट्रिय आपतकाल हो’, वरिष्ठ प्रहरी प्रमुख म्यागी ब्लिथले प्रतिवेदनसँगको टिप्पणीमा भने ।
सन् २०२२ देखि २०२३ सम्ममा महिला र बालिका विरुद्ध दश लाखभन्दा बढी हिंसात्मक अपराध प्रहरीमा दर्ता भएको अध्ययनले जनाएको छ ।
प्रतिवेदनले सन् २०१८–२०१९ देखी गत वर्षसम्म महिला र बालिका विरुद्धको हिंसामा ३७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
सन् २०१३ देखी सन् २०२२ को बीचमा बाल यौन दुर्व्यवहार र शोषणका अपराधहरू ४३५ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनले ८५ प्रतिशत हिंसा र उत्पीडन अनलाइनसँग सम्बन्धित रहेको बताएको छ ।
बेलायतको आन्तरिक मामिला मन्त्रालयले गत वर्ष फेब्रुअरीमा महिला र बालिका विरुद्धको हिंसालाई सार्वजनिक सुरक्षाका लागि राष्ट्रिय खतरा घोषणा गरेको थियो ।
गत वर्ष ४ हजार ५०० भन्दा बढी नयाँ अधिकारीहरूलाई बलात्कार र गम्भीर यौन अपराधहरूको अनुसन्धान गर्न प्रशिक्षण दिइएको थियो ।
सन् २०२२ डिसेम्बर को अन्त्यदेखि २०२३ डिसेम्बरको अन्त्यसम्म वयस्क बलात्कारको आरोपमा ३८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया