संक्रमणकालीन न्यायसम्बन्धि विधेयक: कार्यदलको बैठक शुरु

काठमाडौँ- संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ ।
कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक रहेका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।
मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा ७० प्रतिशत सहमति जुटेको र आज कार्यदलले टुङ्गो लगाउने तयारी गरेको छ ।
त्यस्तै कार्यदलले आज अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने भएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

प्रतिक्रिया