प्रधानमन्त्री ओलीले मंगलबार विशेष निर्देशन दिँदै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न सङ्घीय मन्त्रालयको कार्यप्रगतिबारे जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका सचिवहरूसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करले जानकारी दिए ।
उनका अनुसार सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए । ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यस प्रकारको बैठक बोलाएका हुन् ।
त्यस अवसरमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । आज दिन ११ः३० बजे सुरु भएको बैठक साँझ ५ः३० बजेसम्म चलेको थियो । प्रधानमन्त्री ओलीले उक्त प्रस्तुतीकरणमाथि आगामी मंगलबारको बैठकमा विशेष निर्देशन दिने कार्यक्रम तय भएको जनाइएको छ ।
बैठकपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मंगलबार फेरि छलफल हुने बताएका छन् । उनले लेखेका छन्, 'नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के-के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरूले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नुभयो । भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।'

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया