ठमेलमा आजदेखि पिक एण्ड ड्रप सुरु, परिषद्ले राख्यो २० सुरक्षागार्ड

काठमाडौँ- ठमेलमा शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन गर्न ठमेल पर्यटन विकास परिषद्ले २० सुरक्षा गार्ड परिचालन गरेको छ । दिवा र रात्रीकालीन समयमा गरेर २० जना सुरक्षागार्डले ठमेल वरपर गस्ती गर्ने परिषद्का अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए ।
उनका अनुसार दिनमा १२ जना र रातमा ८ जना सुरक्षाकर्मी परिचालन हुनेछन् । तीन जना महिला सुरक्षा गार्ड रहेका छन् । ठमेलको ११-१२ वटा नाकामा सुरक्षागार्ड परिचालन हुनेछन् ।
बिहान ९ देखि बेलुका ९ बजेसम्म र भोलिपल्टको बिहान ४ बजेसम्म सुरक्षागार्डले गस्ती गर्ने अधिकारीले जानकारी दिए । परिषद्का सुरक्षागार्डले नेपाल प्रहरी र महानगरका प्रहरीसँग समन्वय गरेर काम गर्ने छन्,’ उनले भने ।
आजदेखि ठमेलभित्र सवारीसाधन तथा रिक्साले पिक एण्ड ड्रप गर्नुपर्ने उनले बताए । यसअघि बाटोमा टयाक्सीले बाटा-बाटामा यात्रु खोज्न रोकेर बस्ने गरेका थिए,’ उनले भने,’ अबदेखि कुनै पनि सवारीसाधन बाटामा रोकेर बस्न पाउँदैनन् ।‘
अध्यक्ष अधिकारीले स्वदेशी तथा विदेशी पर्यटक दुःख दिने व्यवसायीलाई परिषद्का गार्डले रोक्ने र त्यस्ता गतिविधि गर्नेलाई नेपाल प्रहरीको जिम्मा लगाइने बताए ।

नवराज बोहोराले भेटे शेखर कोइरालालाई

असई बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
गएराति ललितपुरमा भारी वर्षा

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

कञ्चनपुरका नौ वटै स्थानीय तहको बजेट सार्वजनिक

प्रतिक्रिया