ग्रामीण भेगका कोभिड संक्रमितको उपचारका लागि क्यानडाले दियो ४८ लाख

काठमाडौँ : क्यानडाले कोभिड-१९ संक्रमितलाई टेलिमेडिसिनबाट उपचार गर्न ४८ लाख रूपैयाँ भन्दाबढी सहयोग गरेको छ । ग्रामिण भेगमा रहेका संक्रमितलाई उपचार गर्न क्यानडाले ४८ लाख २१ हजार ६ सय २ रुपैयाँ उपलब्ध गराएको हो । 'एएसके' फाउण्डेसनमार्फत उक्त रकम सहयोग गरेको दिल्लीस्थित क्यानडीयन दूतावासले जनाएकाे हो । क्यानडाको दिल्ली स्थित दुतावासले नेपाल पनि हेर्छ ।
एएसके फाउण्डेसनले ग्रामीण भेगमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको छ । ग्रामीण भेगमा रहेका संक्रिमतलाई विशेष उपचार गर्न राहत रकम उपलब्ध गराएको हो। चिकित्सकले होम आइसोलेसनमा बसेकालाई फोनबाट समय-समयमा सम्पर्क संक्रमितलाई उपचार विधिको सल्लाह दिने गर्छन् ।
आइसीयूमा रहेका गम्भीर अवस्थामा रहेका संक्रमितलाई टेलि विधिबाट उपचार गर्छन्। स्थानीय स्तरमा भएका संक्रमितको उपचार गराउनका लागि काठमाडौँका चिकित्स तथा नर्ससँग सम्पर्क गरिने पनि जनाइएको छ ।
यो आयोजनाले ग्रामीण भेगमा रहेका २० हजार संक्रमितले टेलिमेडिसिनबाट उपचार पाउने आशा राखेको छ । अस्पतालमा रहेका गम्भीर अवस्थाका संक्रमितले उपचार पाउने र होम आइसोलेसनमा बसेकाले समेत उपचार पाउने जानकारी दूतावासले दिएको छ । आइसीयूमा रहेका ४ सय संक्रमितले सुविधा पाउनेछन् ।
ग्रामीण भेगका जनताको जीवन बचाउन टेलिमेडिसिनबाट उपचार गर्न र कोभिड उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको नेपाल समेत हेर्ने क्यानडीयन राजदूत डिइद्रे केन्टले जनाएकाे विज्ञप्तिमा उल्लेख छ ।
कोभिडिविरुद्ध लड्नका लागि क्यानडाले नेपाललाई सहयोग गरिरहेको पनि उनले बताएकाे जनाइएको छ । राजदूत केन्टका अनुसार नेपालाई रेडक्रसमार्फत १० लाख र युनिसेफमार्फत १५ लाख रुपैयाँ सहयोग यसअघि नै गरिसकेको छ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया