यसरी मनाइयो काठमाडौँ उपत्यकामा घण्टाकर्ण पर्व [फोटोफिचर]

काठमाडौँ- काठमाडौँ उपत्यकालगायत देशभरका नेवार समुदायले शुक्रबार घण्टाकर्ण पर्व मनाएका छन् । घण्टाकर्ण पर्वलाई काठमाडौँ उपत्यकाका नेवार समुदायले गठेमङ्गल पर्वका रूपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै आकर्षण छ । त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरूपी तीनखुट्टे, गठांमुगः को पुत्ला बनाइन्छ ।
टोलटोलमा अघिल्लो दिन साँझ नै नर्कटमा छ्वाली बेरेको मानवरूपी गठांमुगःको पुत्ला बनाइ हाँडीमा नाक, मुख र कान बनाइन्छ ।
टोलटोलमा बनाइएको गठांमुगःलाई टोलवासी मिलेर नजिकको दोबाटोमा लगेर जलाइन्छ । चोक दोबाटोमा बसेर बालबालिका चोर्ने र मारेर खाने घण्टाकर्णलाई टोलवासी मिलेर मारी दाहसंस्कार गरेको पर्वका रूपमा गठांमुगः चःह्रे मनाइँदै आएको छ ।
यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया