मधेश प्रदेश सरकारले साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने

जनकपुर- मधेश प्रदेश सरकारले प्रदेशको साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने तयारी गरेको छ । यसका लागि मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका पदाधिकारी र अन्य सरोकार भएकासँग पनि छलफल प्रारम्भ गरेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
गरिबी र अन्य समस्याका कारण शिक्षाबाट वञ्चित व्यक्तिलाई शिक्षाको पहुँचमा ल्याउन आवश्यक सहकार्यसहित अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री सिंहको जोड छ । 'यहाँ अन्य प्रदेशको तुलनामा साक्षरता दर कम छ । त्यसैले साक्षरता अभियानलाई तीव्र तथा सघन रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरेर अगाडि बढ्न सकिन्छ । त्यसका लागि प्रारम्भिक छलफल आरम्भ गरेका छौँ,' मुख्यमन्त्रीलाई उद्धृत गर्दै सचिवालयले भनेको छ ।
पछिल्लो जनगणनाअनुसार मधेश प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम ६३ दशमलव ५ प्रतिशत साक्षरता दर रहेको छ । देशमै सबैभन्दा कम साक्षरता भएका जिल्लामध्ये मधेश प्रदेशकै रौतहट, महोत्तरी, सर्लाही र बारा छन् ।

रौतहट प्रहरीद्वारा चोरीको पाँच मोटरसाइकल बरामद

चोरीको अल्टो कार बरामद, १२ जना प्रतिवादी पक्राउ

जसपा नेपाल रौतहटमा राजिव रञ्जनको प्यानल निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेश प्रदेशको नेतृत्वमा रुद्रसेन निर्वाच…

महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह

ट्रयाक्टरले मोटरसाइकललाई दियो ठक्कर : श्रीमतीको निधन, श्रीमान घाइते

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया