संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित

काठमाडौँ- संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो ।
विधेयकमा सन्दर्भमा देखिएका विवादहरूलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति गरेको थियो । विवादीय विषयहरूमा सहमति भएसंगै १८ वर्षपछि विधेयक अघि बढेको हो । बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रूपमा नै पारित भएको घोषणा गरिन् ।
उनले समितिबाट पारित भएको विधेयकलाई संसदको अर्को बैठकमा पेस गर्ने गरी पत्राचार गर्ने बताइन् ।
त्यस्तै बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले मानवअधिकारको उल्लंघनमा पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगायतका विभिन्न सवालमा दलहरूबीचको सहमति महत्वपूर्ण रहेको बताए । उनले विधेयक पीडितमैत्री भएकाले न्याय दिने विश्वास व्यक्त गरे ।
त्यस्तै समिति सदस्यहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुट्नु निकै महत्वपूर्ण विषय भएकाले अब कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया