जिज्ञानकुमार थापाको 'जापान' सपना, संघर्ष र सफलता विमोचित [फोटोफिचर]

काठमाडौँ- युवा जिज्ञानकुमार थापाको पुस्तक 'जापान' सपना, संघर्ष र सफलता विमोचन गरिएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमका बीच पुस्तकको विमोचन गरिएको हो ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त पुस्तकको विमोचन गरेका हुन् । जापानका लागि पूर्व नेपाली राजदूत मदनकुमार भट्टराईले पुस्तकको समीक्षा गरेका थिए ।
पुस्तकमा जापानको शिक्षा र स्वास्थ्य, अवसरहरूको देश जापान, नेपालीहरूको अवस्था र बढ्दो क्रम, सफलता हासिल गर्ने उपायहरूलगायत जापानका केही उखान टुक्का तथा भनाइसहित विषयवस्तुहरू समेटिएका छन् ।
लेखक थापा लामो समयदेखि जापान बस्दै आएका नेपाली युवा हुन् । नेपाल र जापान बीचको सम्बन्ध सुमधुर बनाउनका लागि सामाजिक कार्यमा योगदान दिँदै आएका थापा ‘डेभलपमेन्ट एसोसियसन फर यूथलिडर्स’ को आठौं यूथ लिडर अवार्डको विजेता समेत भइसकेका छन् ।
भर्खर जापान पुगेका, जापान जान लागेका, जापान जाने सपना देखेका र जापानका बारेमा जान्न चाहने सबैका लागि बहुउपयोगी पुस्तक भएको लेखक थापाले बताए ।
यस पुस्तकमा जापानी रहनसहन, खानपान, भाषा, संस्कृतिदेखि नेपालीहरूले जापानमा अवलम्बन गर्नुपर्ने हरेक विषयहरूलाई मिहिन ढङ्गले व्याख्या विश्लेषण गरिएको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया