माओवादी बैठकमा चल्यो नेतृत्व निर्माणका विषयमा बहस
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा नेतृत्व निर्माणका विषयमा बहस चलेको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेतृत्व विकास गर्ने विषयमा सैद्धान्तिक बहस चलेको प्रवक्ता अग्नि सापकोटाले बताए । सिद्धान्त, विचार, नीतिमा राम्रो तयारी गरी नेतृत्व निर्माण गर्नुपर्नेमा छलफल चलेको उनले बताए । उनले स्थायी कमिटीमा चलेको बहसले केन्द्रीय कमिटीमा पनि निरन्तरता पाउने जानकारी दिए ।
केही दिन यता जारी स्थायी कमिटी बैठकमा स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्नेमा सदस्यहरूले जोड दिएको उनले बताए ।
त्यस्तै जनताका समस्या र मुद्दाहरूमा केन्द्रित भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने, नयाँ कार्यनीतिको विकास गर्नुपर्ने धारणा आएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
माओवादी सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशासनका कार्यक्रमहरूबाट सरकार पछि हट्ने देखिएकाले खबरदारी गर्नुपर्ने धारणाहरू समेत आएको उनको भनाइ छ ।
आइतबार माओवादी स्थायी कमिटी बैठकमा १४ जना धारणा राखेका थिए । जसमध्ये अधिकांशले वैज्ञानिक मापदण्ड बनाएर पार्टीभित्रको मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया