गम्भीरकाे निर्देशनमा राज र सुनिशाकाे तिज गीत 'ढल्काएर छड्के तिलहरी' सार्वजनिक [भिडियो]

काठमाडौँ- तिज पर्वलाई लक्षित गर्दै नयाँ तिज गीत 'ढल्काएर छड्के तिलहरी' काे म्युजिक भिडियो सार्वजनिक भएको छ ।
निर्देशक गम्भीर बिस्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित कलाकार राज आचार्य र सुनिशा बजगाईंकाे मुख्य अभिनय रहेको छ ।
गीतमा विशेष पाहुना कलाकारका रूपमा वर्षा सिवाकोटीको उपस्थिति रहेको छ भने सहायक कलाकारका रूपमा सुशव नाथ उप्रेती र पुष्पम घिमिरेले अभिनय गरेका छन् ।
गीतका शब्दहरू उप्रेती र यादव घिमिरेले लेखेका हुन् । शान्तिश्री परियार र भानुभक्त ढकालले गाएकाे याे गीतमा संगीत ढकालले नै दिएका छन् ।
मिक्स/मास्टर श्याम बगदाशले गरेका हुन् भने एरेन्ज रमेश सेन्च्युरीले गरेका छन् ।
डो रे मी स्टुडियोमा तयार भएको यस म्युजिक भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा रङ्ग संयोजन गरेका छन् ।
सिनेमाटोग्राफी नवराज उप्रेतीको रहेको छ । कुसुम बुटिकले ड्रेस डिजाइन गरेको छ भने राजीव समरको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियो निर्माणका क्रममा हरि अधिकारीले ग्रुप लिडरकाे भूमिका निर्वाह गरेका छन् ।
यो म्युजिक भिडियोमा तीज पर्वको रौनकलाई विशेष शैलीमा प्रस्तुत गरिएको छ । दर्शकहरूले गीतलाई निकै मन पराएका छन् र यसले तीजको उल्लासलाई अझै बढाउने अपेक्षा गरिएको छ ।
भिडियो:

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया