राजनीति असर : महिला टी- २० विश्वकप युएईमा हुने, आयोजक बंगलादेश नै रहने

काठमाडौँ- आइसीसी महिला टी- २० विश्वकप २०२४ युएईमा हुने भएको छ । यस अघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आइसीसीले जानकारी दिएको छ ।
अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी-२० विश्वकप युएईको दुबई र शारजाहमा हुने भएको छ ।
आइसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट युएईमा सरेको जानकारी दिँदै आयोजक भने बंगलादेश क्रिकेट बोर्डनै रहने जानकारी दिएको छ ।
बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता युएई सारिएको आइसीसीले जनाएको छ ।
यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया