साफ यु-२० च्याम्पियनसिप : सेमिफाइनलको समीकरण पूरा

काठमाडौँ- राजधानीमा जारी साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।
समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसंगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेको हो । पराजित भएसंगै माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ भने भारत समूह विजेता बनेको छ ।
त्यस्तै सोही समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनल पुगेको छ । अब सेमिफाइनलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्ने छ भने साबिक विजेता भारतले साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया