शिखर धवनको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ- भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन् । उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेष्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन् ।
शिखर धवनले भने, ‘आज म यस्तो बिन्दुमा उभिएको छु जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देख्छु र अगाडि हेर्दा सारा संसार देख्न सक्छु । मसँग सधैं भारतका लागि खेल्ने एउटै गन्तव्य थियो र त्यो पनि भयो जसको लागि म धेरै मानिसहरूलाई धन्यवाद दिन्छु ।'
शिखर धवनले आफ्नो परिवार, बाल्यकालका प्रशिक्षक, भारतीय टोली, बीसीसीआई, डीडीसीए र फ्यानहरूलाई धन्यवाद दिएका छन् । उनले आफ्नो क्रिकेट यात्रालाई अलविदा गर्दै भारतबाट खेलेकोमा आफ्नो मनमा शान्ति रहेको उल्लेख गरेका छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया