मेसेजिङ एप टेलिग्रामका संस्थापक पावेल डुरोभ फ्रान्समा पक्राउ

काठमाडौँ - मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभ पक्राउ परेका छन् ।
उनलाई शनिबार साँझ पेरिसको बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको हो । जानकारीका अनुसार दुरोभ निजी जेटबाट अजरबैजानबाट बोर्जेट विमानस्थल पुगेका थिए । फ्रान्सेली प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
मिडिया रिपोर्टहरूका अनुसार फ्रान्सेली भन्सारसँग संलग्न फ्रान्सको एन्टी फ्रड अफिसका अधिकारीहरूले शनिबार साँझ फ्रान्सेली-रूसी अर्बपतिलाई पक्राउ गरेका हुन् । टेलिग्राम प्लेटफर्मले मनी लान्ड्रिङ, लागूऔषध ओसारपसार र पेडोफाइल सामग्री साझेदारी गर्न प्रयोग गरिएको आरोप छ ।
पक्राउ पुर्जी जारी भएदेखि टेलिग्रामका संस्थापकले फ्रान्स र युरोप भ्रमण गरेका थिएनन् । यसैबीच, फ्रान्सले टेलिग्राम, लागूपदार्थको तस्करी, बालबालिका विरुद्ध अपराध, र ठगीमा संलग्नतामा संयमताको कमी र कानुन प्रवर्तनसँग असहयोग गरेको आरोपमा डुरोभलाई पक्राउ पुर्जी जारी गरेको थियो । रुसी मूलका टेलिग्रामका संस्थापक हाल दुबईमा बस्छन् । टेलिग्रामका विश्वभर ९० करोडभन्दा बढी प्रयोगकर्ता रहेको विश्वास गरिन्छ।
डुरोभले अगस्ट २०२१ मा फ्रान्सेली नागरिकता लिएका थिए । डुरोभ रुसको भिकोन्टाकटे सामाजिक नेटवर्कको संस्थापक हुन् । उनले भिकोन्टाकटे प्रयोगकर्ताहरूको डेटा रूसी सुरक्षा सेवाहरूसँग साझेदारी गर्न अस्वीकार गरेपछि उनले २०१४ मा रूस छोडेका थिए । पछि रुसले पनि टेलिग्राममाथि प्रतिबन्ध लगाउने प्रयास गरेको थियो ।
टेलिग्राम व्यापक रूपमा रूसी भाषा बोल्ने मानिसहरू द्वारा प्रयोग गरिन्छ । यसको माध्यमबाट युक्रेन युद्धको बारेमा महत्त्वपूर्ण जानकारी आदान प्रदान भइरहेको छ । रूसी सेनाले सञ्चारको लागि टेलिग्राम प्रयोग गर्ने गरेको बताइन्छ ।

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

प्रतिक्रिया