उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ- उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३७ वर्षीय स्वरेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन् ।
स्वरेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताएका छन् । स्वरेज अहिलेसम्म उरुग्वेका लागि सर्बाधिक गोलकर्ता समेत हुन् । उनले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गरेका छन् ।
स्वरेजले १९ वर्षको उमेरमा सन् २००७ मा उरुग्वेका लागि डेभ्यु गरेका थिए । उनले सन् २०१०, २०१४, २०१८ र २०२२को विश्वकप समेत खेलेका थिए ।
हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका स्वरेजले क्लब फुटबललाई भने केहि वर्ष निरन्तरता दिने छन् ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया