महिला लिग फुटबल : चन्द्रपुर र कर्णाली प्रदेशबीचको खेल बराबरी
काठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको खेलमैदानमा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै समान एक–एक अङ्क बाँडेका हुन् । खेलको छैटौँ मिनेटमा सुनकला राईको गोलमार्फत कर्णालीले अग्रता लिएको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा चन्द्रपुरले एक गोल गर्दै खेललाई बराबरीमा ल्यायो । चन्द्रपुरका लागि सेनु परियारले दिएको सुन्दर पासको सदुपयोग गर्दै रजनी थोकरले गोल गरेकी थिइन् ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया