गृह सचिवमा गोकर्णमणि दुवाडी

काठमाडौँ- सरकारले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गरेको हो । तर शुक्रबार सूचना तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद्को यो निर्णय भने सार्वजनिक गरेनन् ।
तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि रिक्त बनेको सो पदमा जान करिब एक दर्जन सचिवहरू आकांक्षी थिए । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको तथ्यांक कार्यालयका सचिव दुवाडीलाई गृह सचिव बनाएको हो । उनीसँग निर्वाचन आयोगको सचिवसहित विभिन्न मन्त्रालयमा काम गरेको अनुभव छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया