पराग्वेसँग ब्राजिल स्तब्ध

काठमाडौँ- दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ । बुधबार बिहान भएको खेलमा पराग्वेले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पराग्वेको जितमा खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो पराग्वेको विश्वकप छनौटमा दोस्रो जित हो । यो जितपछि ८ खेलमा ९ अंकसहित पराग्वे सातौं स्थानमा रहेको छ ।
त्यस्तै जारी विश्वकप छनौटमा ब्राजिलको यो चौथो हार हो । ब्राजिलले ८ खेलमा ३ जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ । यो खेलपछि ब्राजिलको ८ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया