बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

‘बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनुपर्छ’

काठमाडौँ- सांसद ऋषिकेश पोख्रेलले स्वास्थ्य बीमा भएका व्यक्तिले जुनसुकै स्वास्थ्य केन्द्रमा अनुकूलता अनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्वास्थ्य बीमामार्फत देशभरी उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

 “हरेक पालिकाको स्थास्थ्य केन्द्रमा गएका बिरामीले त्यहाँबाट अन्यत्र पठाईदिनु पर्‍यो भन्दै आएका छन, स्वास्थ्य बीमाका कारण अहिले हजारौँ जनताले दुःख पाइरहेका छन्, यसतर्फ सरकारको ध्यान जान जरुरी छ”, सांसद पोख्रेलले भने ।

सांसद हितराज पाण्ड र मनिष झाले पूर्वसभामुख स्व सुवाषचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा पु¥याउनुभएको योगदानबारे संसदमा स्मरण गरे ।

सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानि रुपमा कार्यविधि बनाइ सरकार र श्रमिकलाई ठग्ने काम गरिरहेका उल्लेख गर्दै सम्बन्धित निकायले सुनचाँदी बिक्री वितरणसम्बन्धी विधेयक ल्याएर कानुनमार्फत समस्याको निकास दिनुपर्नेमा जोड दिए ।

सांसद डा अमरेशकुमार सिंहले चालक अनुमतिपत्र प्रदेशले दिने वा सङ्घले दिने भन्नेबारे स्पष्ट हुनुपर्ने बताए । –––