'हिंसा' शब्दका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ - हिंसा शब्दका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा हिंसा शब्दलाई लिएर माओवादी र एमाले सांसदबीच वाद–विवाद भएपछि बैठक अवरुद्ध भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले केही दिन अघि सदनमा एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने निष्कर्ष सुनाए ।
साथै उनले संसदमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन रुलिङ गरेका थिए ।
तर सभामुखको रुलिङप्रति माओवादीले आपत्ति जनायो । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरीत भएको जिकिर गरे । शान्तिप्रक्रिया र कानुन विपरीत शब्द चयन नगर्न उनले सुझाव दिए ।
त्यसपश्चात एमाले सांसद रघुजी पन्तले हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै सभामुखको रुलिङमा प्रश्न उठाउने ठाउँ नरहेको बताए ।
पन्तले धारणा राखेपछि माओवादी सांसदहरू थप अन्सन्तुष्ट भएका थिए । उनीहरुले उठेरै हिंसा शब्दप्रति आपत्ति जनाएका थिए । सभामुख घिमिरेले बसेर सभा सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह गरेपनि दुईपक्षीबीच वादविवाद भएपछि पुनः माओवादी प्रमुख सचेतक पाण्डेलाई बोल्न समय दिइएको थियो । पाण्डेले हिंसा शब्दका विषयमा भएको व्याख्या स्वीकार्य नहुने भन्दै आपत्ति जनाए ।
पाण्डेले बोलेपछि समय पाएका एमाले प्रमुख सचेतक महेश बर्तौलाले हिंसा अन्त्य गर्ने भनेर तत्कालीन समयमा माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेको तर्क गरे । संविधानले सशस्त्र द्वन्द्व भनेपनि हिंसाको क्रममा जघन्य अपराध भएको समेत उनले आरोप लगाए ।
बैठकमा सभामुख घिमिरेले बहसले निष्कर्ष निस्कन नसक्ने भएकाले आसन ग्रहण गरेर नियमित ढंगले अघि बढाउन आग्रह गरेपनि माओवादी सांसदहरूले हिंसा शब्दको प्रतिवाद गरिरहे । आफूले पटक पटक आग्रह गर्दा पनि सभासञ्चालनका लागि सहयोग नभएको भन्दै सभामुख घिमिरेले बैठक भदौ ३० गते सम्मका लागि स्थगित गरेका थिए ।

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

प्रतिक्रिया