सदन सञ्चालन गर्नेबारे सभामुख घिमिरेले गरे दलका प्रमुख सचेतक र सचेतकसँग छलफल

काठमाडौँ - प्रतिनिधिसभालाई सहज रुपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
संसद सचिवालय सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनको गतिरोध हटाई सहज रुपमा सदनलाई अघि बढाउन आग्रह गरेका थिए । यसअघिको बैठकमा हिंसा शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने सभामुखको रुलिङसंगै माओवादीले विरोध जनाउँदै सदन अवरुद्ध गरेको थियो । त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले नै सदनमा निरन्तर विरोध जनाउने निर्णय गरेपछि सभामुखले छलफल गरेका थिए ।
छलफलपछि माओवादी केन्द्रका मुख्य सचेतक हितरात पाण्डेले माओवादीले सदनमा उठाइरहेको विषयवस्तुमा छलफल भएको जानकारी दिए । सदनलाई सहज रुपमा अघि बढाउन सभामुखले गरेको आग्रहका बारेमा पार्टीभित्र छलफल गरेर अघि बढ्ने भन्दै अहिलेसम्म पार्टीको अडान कायमै रहेको उनले बताए ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले सदनको गतिरोधका विषयमा छलफल भएको र सभामुखको रुलिङलाई सबैले मान्नुपर्ने बताए । सदनको नियमावली अनुसार सबै दलहरू अघि बढ्नुपर्नेमा आफूहरूको सुझाव रहेको उनले बताए ।
उनले सदनलाई सहज रुपमा अघि बढाउने र आफ्नो कुराहरू राख्ने गरि अघि बढ्न आग्रह गरिएको जानकारी दिए । त्यस्तै बर्तौलाले उपसभामुखको विषयमा सत्तापक्ष दलले भन्दा प्रतिपक्षी दलले नै उचालेको तर्क गरे । यसमा रास्वपाले नै उपसभामुख जस्तो संस्थाको हुर्मत लिने काम गरेको र सरकारलाई नै विवादमा ल्याउने प्रयास गरेको उनको भनाइ छ ।
सभामुखसँगको छलफलका क्रममा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया