सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि भएन - लेखनाथ दाहाल

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले रवि लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको बताएका हुन् ।
गोर्खा मिडियामा जिबी राईमार्फत सहकारीको पैसा आएको पुष्टि भएको उनले बताए । सहकारी छानबिन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको उनले बताए ।
जसमा एक अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नै नभेटिएको नेता दाहालको भनाइ छ । साथै, उनले सहकारी ठगी छानबिन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको पनि बताए ।
नेता दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबै पात्रहरू कांग्रेस–एमालेका नेताहरु रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया