महिला लिगमा संकटा र पुलिस विजयी

काठमाडौँ - राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले पराजित गर्यो । संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन् । ममता पुन र पूर्णिमा हमालले एक एक गोल गरिन् । जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ ।
सुदूरपश्चिमको भने यो लगातार सातौं हार हो ।
त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा पुलिस क्लवले वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्यो । पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरेकी थिइन् ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया