टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा

काठमाडौँ - बंगलादेशका अल राउण्डर शकिब अल हसनले टी-२० र टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
भारतविरुद्धको दोस्रो टेस्ट अघि मिडियासँग कुरा गर्दै उनले गत टी-२० विश्वकपनै आफ्ना लागि टी-२० मा अन्तिम खेल भएको बताए । उनले आगामी अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्ध हुने भनिएको टेस्ट खेल आफ्नो अन्तिम टेस्ट हुने बताएका छन् ।
उनले बंगलादेशका लागि एकदिवसीय क्रिकेट खेल्न भने जारी राख्ने बताए ।
शकिबले बंगलादेशमा अहिलेको परिवर्तित अवस्थामा खेल्न सक्ने अवस्था भएमा दक्षिण अफ्रिकाविरुद्धको खेल खेल्ने बताए । आफू आफ्नो सुरक्षाको विषयमा सचेत रहेको भन्दै अहिले बंगलादेशमा अवस्था सुध्रिएको बताए ।
शकिब पछिल्लो शेख हसिना नेतृत्वको पार्टीका निर्वाचित सांसद थिए । बंगलादेशमा हसिनाको पतनपछि शकिबमाथि पनि मुद्दा चलाएर कारवाही गर्नुपर्ने माग उठिरहेको थियो ।
३७ वर्षीय शकिब विश्व क्रिकेटमै उत्कृष्ट अलराउण्डर मानिन्छन् । उनले अहिलेसम्म बंगलादेशका लागि ७० टेस्ट खेल्दै ४६ सय रन बनाएका छन् भने २४२ विकेट पनि लिएका छन् । त्यस्तै २४७ एकदिवसीय खेल खेल्दै ७ हजार ५७० रन बनाएका छन् भने ३१७ विकेट पनि लिएका छन् । त्यसैगरी टी-२० क्रिकेटमा १२९ खेलमा २५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया