आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

ए डिभिजन फुटबल लिग असोज ३ बाट

काठमाडौँ: शहिद स्मारक ए डिभिजन फुटबल लिग असोज ३ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिसँग छलफल गरेपछि लिगको मिति तोकेको हो । 

कोभिड-१९ का कारण अघिल्लो वर्ष लिग हुन सकेको थिएन । यसपटक एन्फाले लिग सुरु हुने मिति निर्क्यौल गरे पनि समापन हुने मिति भने तोकेको छैन ।