पेनाल्टीमा बाजी मार्दै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा, फ्रान्स पनि बाहिरियो
काठमाडौँ : साविक उपविजेता फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राती भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
यसअघि निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि थप गरिएको आधा घण्टामा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा स्वीट्जरल्यान्डले विजयी पाँच गोल गर्दा फ्रान्स स्तब्ध बनेको हो ।
हारसँगै फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ । साविक विजेता पोर्चुगल बाहिरिएको चौबिस घण्टा नबित्दै उपविजेता फ्रान्स पनि यसपटकको युरोबाट बाहिरिएको हो । पोर्चुगललाई बेल्जियमले हराएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया