श्रीलंकाले रसियामा हुने सम्मेलनमा ब्रिक्सको सदस्यताका लागि अपिल गर्ने

कोलम्बो- श्रीलंकाले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ । श्रीलंकाका मन्त्रिपरिषद्का प्रवक्ता विजिता हेरथले आगामी ब्रिक्स सम्मेलनमा आफ्नो देशले सदस्यका लागि आपिल गर्ने सञ्चारमाध्यमलाई बताए ।
सन् २०२४ अक्टोबर २२ देखि २४ सम्म रुसको काजानमा ब्रिक्स शिखर सम्मेलन हुँदैछ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको भए पनि घरेलु कारणले गर्दा सहभागी हुन नसक्ने हेराथले बताए ।
परराष्ट्र मन्त्रालयका सचिव र अधिकारीहरूको टोलीले शिखर सम्मेलनमा श्रीलंकाको प्रतिनिधित्व गर्नेछन्, जहाँ देशले औपचारिक रूपमा ब्रिक्स सदस्यता खोज्नेछ ।
श्रीलंकाले छिट्टै सहयोगका लागि सबै ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरूसँग सम्पर्क गर्ने योजना बनाएको हेराथले बताए । (सिन्ह्वा)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया