उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण

काठमाडौँ - नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ ।
परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठमार्फत दुई सय घर परिवारका लागि राहत सामाग्री प्रदान गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले परिसंघले दिएको राहत सामाग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्कालाई उपलब्ध गराए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिए ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाल उद्योग परिसंघ पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझासहित प्रशासन कार्यालयका उच्च कर्मचारीहरू सहभागी थिए ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया