इयूले युक्रेनलाई ३५ अर्ब युरो ऋण दिने
किभ- युरोपेली सङ्घ (इयू) ले युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५ अर्ब यूरोे नयाँ ऋण प्राप्त गर्ने तयारी गरेको युक्रेनफर्म समाचार एजेन्सीले इयूका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ ।
युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष मारोस सेफकोभिकले ईयू सदस्य राष्ट्र र युरोपेली संसदले ऋणका लागि आवश्यक विधायी प्रक्रियाहरूलाई चाँडै अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।
“ईयू युक्रेन र यसका जनताका लागि आवश्यक हुँदासम्म आफ्नो समर्थनमा अडिग रहने सेफकोभिकले बताउनुभएको छ ।
गत महिना युरोपेली सङ्घले घोषणा गरेको ऋणको उद्देश्य युक्रेनलाई रूससँग चलिरहेको द्वन्द्वको बीचमा तत्काल आर्थिक आवश्यकताहरू पूरा गर्न मद्दत गर्नु रहेको जनाइएको छ ।
यो गत जूनमा जी–७ देशहरूले गरेको ५० अर्ब डलरको प्रतिबद्धताको हिस्सा हो र यसलाई फ्रिज गरिएको रूसी सम्पत्तिबाट ब्याज प्रयोग गरेर वित्त पोषण गरिनेछ । (सिन्ह्वा)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया