बङ्गलादेशमा बाघको सङ्ख्यामा वृद्धि

ढाका- विश्वको सबैभन्दा ठूलो ‘म्यानग्रोभ वन’ मध्ये एक सुन्दरवनको बङ्गलादेशी भागमा गरिएको सर्वेक्षणपछि बाघको सङ्ख्या ११ ले बढेको छ ।
बङ्गलादेशको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले पछिल्लो सुन्दरवन बाघ सर्वेक्षण २०२३–२०२४ लाई उद्धृत गर्दै मङ्गलबार ढाकामा पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभयो ।
उहाँले बङ्गलादेश र भारतको बीचमा रहेको सुन्दरवनमा गरिएको बाघ सर्वेक्षणमा प्रति एक सय वर्गकिलोमिटर जङ्गलमा दुई दशमलव ६४ घनत्वसहित एक सय २५ वटा बाघ पाइएको बताउनुभयो ।
बङ्गलादेशको वन विभागले गत वर्ष जनवरीमा सुन्दरवनका छ सय ६५ स्थानमा बाघ गणना गर्न जम्मा एक हजार तीन सय ३० क्यामेरा जडान गर्न थालेको थियो ।
सन् २०१८ मा सुन्दरवनमा बाघको सङ्ख्या एक सय छबाट बढेर एक सय १४ पुगेको थियो ।
पछिल्लो सर्वेक्षणले डमरुहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको अधिकारीहरूले जानकारी दिनुभयो । यद्यपि डमरुहरूको उच्च मृत्युदरका कारण आधिकारिक गणनामा समावेश गरिएको छैन । (सिन्ह्वा)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया