चार लाख प्यालेस्टिनी उत्तरी गाजामा फसेको युएनआरडब्लुएका आयुक्तको भनाइ

गाजा- उत्तरी गाजा पट्टीमा कम्तिमा चार लाख मानिस फसेको निकट पूर्वमा प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले बुधबार बताएका छन् ।
पछिल्लो समय इजरायली अधिकारीहरूले जारी गरेको निकासी आदेशले मानिसहरूलाई विशेष गरी जबलिया क्याम्पबाट बारम्बार भाग्न बाध्य पारेको उहाँले उल्लेख गरेका छन् ।
गाजाको कुनै पनि ठाउँ आफूहरुका लागि सुरक्षित छैन भन्ने थाहा पाएका प्रभावितहरूले आदेशको अस्वीकार गरिरहेको लाजारिनीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
उनका अनुसार कुनै आधारभूत आपूर्ति उपलब्ध नभएको कारण भोकमरी तथा रोगको सङ्क्रमण फैलिरहेको छ ।
युएनआरडब्लुए आयुक्तले युएनआरडब्लुए आश्रय र सेवाहरू बन्द गर्न बाध्य भइरहेको खुलासा गर्दै युद्ध सुरु भएपछि पहिलो पटक यस्तो अवस्था आएको उल्लेख गरेका छन् ।
निरन्तरको इजरायली हमलाले गाजामा पोलियो खोप अभियानको दोस्रो चरणको कार्यान्वयनलाई समेत खतरामा पारेको लाजारिनीले जनाएका छन् । (क्यूएनए)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया